ओलीबिना एमाले र एमालेबिना समृद्ध नेपाल कल्पना बाहिरको कुरा-नेतृ निरु पालको – Sagarmathapana:: Online News Portal

ओलीबिना एमाले र एमालेबिना समृद्ध नेपाल कल्पना बाहिरको कुरा-नेतृ निरु पालको

   २०८२ श्रावण २५ गते  

कञ्चनपुर – नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरु पालले अध्यक्ष केपी शर्मा ओलीबिना एमाले र एमालेबिना नेपालको समृद्धि सम्भव नै नभएको दाबी गरेकी छन्।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशद्वारा महेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।

उनका अनुसार, पार्टीभित्र कतिपय भ्रमपूर्ण कुरा उठाइएका छन् तर एमालेका सबै कार्यकर्ता र नेताहरू ओलीको नेतृत्वप्रति प्रतिबद्ध छन्। “केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल र समृद्धि कल्पना बाहिरको कुरा हो। यो सपना कोही कसैले नदेखे हुन्छ,” उनले भनिन्।

साउन ५–६ गते ललितपुरको च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकको सन्देशलाई आगामी महाधिवेशनको सार र संकेतका रूपमा बुझ्नुपर्ने उनले उल्लेख गरिन्। साथै, पार्टीको विधान र संरचना अनुसार नै निर्णय भइरहेका भन्दै नेतृत्व सम्बन्धी अनावश्यक हल्ला र भ्रम फैलाउने प्रयास अर्थहीन रहेको उनको तर्क छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै