धरानमा ३१औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न”
निमा पोङ्स्युवा
धरान।३१औ अन्तरास्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरान नगर समन्वय समितिको आयोजनामा साउन २३ गते धरानको लोकतान्त्रिक चौतारीमा भएको रक्तदान कार्यक्रममा ५२ पिण्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रम धरान उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडा अध्यक्ष राईले रक्तदान एउटा मान्छेको जीवनसंग जोडिएको भन्दै रक्तदान मानविय सेवा भएको बताए । उनले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।


३१औ अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजातिको युवा महासंघ धरानले निःशुल्क आँखा परीक्षण शिविर साउन २२ गते सफलता पूर्ण सम्पन्न गरेका छन । दिवसको अवसर पारेर त्रीदिवसिय कार्यक्रम तय गरेका थिए । किरात याक्खा छुम्मको संघीय सभा भवन धरान १६ मा आँखा शिबिर स्वास्थ्य परिक्षणको कार्यक्रम सम्पन्न गरेको हो । शिबिरमा खुसी आँखा उपचार स्वास्थ्य प्रा लीका आँखा प्राविधिकबाट शिविरमा सेवा दिएका थिए । आँखा शिबिरमा ९८ जना लै निःशुल्क उपचार सेवा लिएका थिए ।
कार्यक्रमको मुख्य दिन ९ अगस्ट साउन २४ गते झाँकी र्यालीको आयोजना गरिएको छ । जुन कार्यक्रमको मुख्य वक्ताको रुपमा डा. कृष्ण भट्टचन धरान आईपुगेको छ । नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानको आयोजनामा हुन गैरहेको ३१ औ विश्व आदिवासी दिवस धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा हुने कुरा नगर समन्वय परिषदले जनाएको छ ।
प्राकृतिक स्राेत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वाेच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर” भन्ने मूल नारासहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको छ ।
साउन २४ गते शनिबार बिहान १०:३० बजे धरान-१२ स्थित पब्लिक हाइ स्कुलकाे खेल मैदानबाट साँस्कृतिक झाँकी र्याली सुरु भएर धरान-१५ स्थित चुम्लुङ भवनमा सभामा परिणत हुनेछ ।












