मिस टिन अर्थ २०२५’मा नेपालबाट प्रिन्सेस मल्लको प्रतिनिधित्व – Sagarmathapana:: Online News Portal

मिस टिन अर्थ २०२५’मा नेपालबाट प्रिन्सेस मल्लको प्रतिनिधित्व

   २०८२ श्रावण १४ गते  

काठमाडौं-नेपालकी उदाउँदी मोडेल प्रिन्सेस मल्लले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । उक्त प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ तारिखसम्म आयोजना हुने कार्यक्रम हो ।


प्रिन्सेसले नेपालमा आयोजित प्रतिष्ठित मोडलिङ प्रतियोगिता ‘एस अफ मोडेल्स अन फायर’ को उपाधि जित्दै अन्तर्राष्ट्रिय मञ्चको यात्रा तय गरेकी हुन् । उनले आत्मबल, लगनशीलता र प्रतिभाको बलमा उक्त उपाधि जितेकी हुन् भन्ने आयोजक संस्थाको भनाइ छ ।

‘क्याप्चर फोटोग्राफी नेपाल’ को तर्फबाट प्रतिस्पर्धामा सहभागी हुँदै गरेकी प्रिन्सेस साउन १५ गते जयपुर प्रस्थान गर्ने तयारीमा छिन् । संस्था निर्देशक पविन्द्र श्रेष्ठले उनको प्रशिक्षण व्यवस्थापन गरिरहेका छन् ।

प्रतियोगिताका लागि उनको कोरियोग्राफी तथा स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालिरहेका छन् ।

नेपालको मोडलिङ क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा स्थापित प्रिन्सेस मल्ललाई सफलताको शुभकामना दिनेहरूको सङ्ख्या बढ्दो छ । उनले आफ्नो प्रस्तुति मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै