दृश्यमा नेपाल : कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्य सम्मानित – Sagarmathapana:: Online News Portal

दृश्यमा नेपाल : कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्य सम्मानित

   २०८२ श्रावण १० गते  

काठमाडौं।एभरेष्ट ग्यालरी’द्वारा आयोजित ‘दृश्यमा नेपाल’ कार्यक्रमअन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई विशेष सम्मान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य र पूर्वमन्त्री सुदन किरातीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार आचार्यलाई सम्मानपत्र प्रदान गरी उनको पत्रकारीय योगदानको कदर गरिएको हो।

सम्मान प्राप्त गरेपछि पत्रकार आचार्यले आफ्नो प्रतिक्रिया दिंदै कलाकार तथा मोडल सनम कठायतप्रति विशेष धन्यवाद व्यक्त गरे, जसले उक्त अवसर उपलब्ध गराउन सहयोग गरेका थिए। साथै, उनले आयोजक एभरेष्ट ग्यालरीप्रति आभार प्रकट गर्दै भने, “यस किसिमका कार्यक्रमहरूले सिर्जनात्मक कर्ममा अझ ऊर्जा थप्छन्।”

कार्यक्रमले कोशी प्रदेशको दृश्य, संस्कृति र पर्यटन प्रवर्द्धनमा पत्रकार तथा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै