मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने – Sagarmathapana:: Online News Portal

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने

   २०८१ असार २१ गते  

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वर एण्ड बधु’ भदौको १४ मा रिलिज हुने भएको छ । छायांकन सकेर हाल पोस्टप्रोडक्शनको कार्य भई रहेको चलचित्रको निर्माण पक्षले वितरकसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो ।

चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो चलचित्रमा विजय लामा, किरण केसी, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, कुसुम शर्मा,दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रमा जानुका थापाको लगानी छ भने अमित रिजाल चलचित्रका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रमा सुदिप बरालको छायाङ्कन, हिमाल केसीको एक्सन छ ।

चलचित्र ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । चलचित्रको छायाङ्कन नेपाल र रोमानियामा गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै