सुनको भाउ घट्यो – Sagarmathapana:: Online News Portal

सुनको भाउ घट्यो

   २०८१ असार १३ गते  

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।  बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सातादेखि ओरालो गतिमा छ ।जेठ २५ गते सुनको भाउ तोलमा १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
 सोअनुसार नेपालमा पनि मूल्य घट्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै