एनआरएनए आइसिसी अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा – Sagarmathapana:: Online News Portal

एनआरएनए आइसिसी अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा

   २०८० भाद्र २ गते  

काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आएका अधिकारी स्पष्ट वक्ताको रुपमा समेत चिनिन्छ । अघिल्लो दुई कार्यकालमा आफुले बोलेको अडानमा अडिढ रहेका अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

नेपालमा दर्जनौ ब्यवसायमा आबद्ध रहँदै आएका अधिकारीले युकेमा स्नोकोत्तर गरेका छन् । नेपालको गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोवल गोरखा समाजको पुर्व अध्यक्ष र हाल संरक्षक रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै