‘पुष्पा २ले १५५० करोड भारू कमायो:हिन्दी संस्करणमा ७०० करोड कमाउने पहिलो फिल्म
काठमाडौं।अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ फिल्मले विश्वभरबाट १५५० करोड भारू कमाएको छ। दक्षिण भारतीय फिल्म ‘पुष्पा २ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।
यो फिल्म हिन्दी संस्करणमा ७०० करोड कमाउने पहिलो फिल्म बनेको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार २० दिनमा फिल्मले हिन्दी संस्करणमा मात्रै ७०१ करोड ६५ लाख भारू कमाएको छ। फिल्मले भारतीय बक्स अफिसमा १०८९ करोड ८५ लाख भारू कमाएको छ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।












