अभिनेता दयाहाङ राई एनपिएल टोली विराटनगर किङ्सको गुडविल एम्बासडरमा नियुक्त – Sagarmathapana:: Online News Portal

अभिनेता दयाहाङ राई एनपिएल टोली विराटनगर किङ्सको गुडविल एम्बासडरमा नियुक्त

   २०८१ मंसिर ३ गते  

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।

विराटनगरले आइतवार एक कार्यक्रममा बीच राईलाई एम्बासडर नियुक्त गरेको हो । राईले मौकाका लागि विराटनगर किङ्सलाई धन्यवाद दिए।

नेपाल क्रिकेट संघ ( क्यान) का सचिव पारस खड्काले खेलकुद र क्रिकेटको‌ संस्कारका‌ लागि सबैको साथको अपेक्षा राखेको बताए ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् । आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षकमा छन् ।

यो एनपिएल न्युट्रल बसेर हेरौं भन्ने थियो। तर टोलीसँग जोडिन पाए। क्रिकेट हेर्न र बुझ्न थालेको छु। अझै बुझ्न बाँकी छ। तर क्रिकेटले सबैलाई जोडेको छ ,’ उनले भने, ‘यो हामी सबैलाई थाहा छ। भलिबल, फुटबल खेल्थे । तर क्रिकेट खेल्थिन । शक्ति गौचन, पारस खड्का, सुवास खकुरेललगायतको नाम रेडियोमा‌ सुन्थे । ‘ राईले जुनसुकै खेलले धर्यता सिकाउँने बताए ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुदैछ ।

विराटनगर किङ्स टोलीसन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै