पाल्पामा श्रम संस्कृती पार्टीको ३५ सदस्यीय तदर्थ समिति गठन
काठमाडौं। श्रम संस्कृती पार्टी ले पाल्पा जिल्लामा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। उक्त समितिको संयोजकमा होम सुनारी चयन भएका छन्।
पार्टीका अनुसार पाल्पामा औपचारिक संगठन नहुँदा पनि गत निर्वाचनमा जिल्लाबाट पार्टीले ३,५६८ मत प्राप्त गरेको थियो। अब संगठन विस्तारसँगै पाल्पामा पार्टीले अझ ठूलो समर्थन पाउने विश्वास व्यक्त गरिएको छ।
पार्टीले माटोलाई माया गर्दै मतदान गर्ने पाल्पाली मतदाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीमा जोडिन सबैलाई आह्वान गरेको छ। साथै, अब पाल्पा “माटोमय” बन्ने दाबी पनि गरिएको छ।














