कतार एयरवेजले मंगलबार देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने – Sagarmathapana:: Online News Portal

कतार एयरवेजले मंगलबार देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने

   २०८१ कार्तिक २६ गते  

काठमाडौं– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले मंगलबार (भोलि) देखि दैनिक उडान गर्ने भएको छ।

कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ , कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।

यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै