कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता सम्मानित – Sagarmathapana:: Online News Portal

कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता सम्मानित

   २०८१ कार्तिक २५ गते  

काठमाडौं । करिब १५ वर्षदेखि पत्रकारीता गरिरहेका कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता रुद्रमणि भुसाल सम्मानित हुनुभएको छ ।

समाजमा सुशासन कायम गर्न पत्रकारिताका माध्यमबाट सहकारी सम्बन्धी विभिन्न गतिविधिसँगै महत्वपूर्ण योगदान पुर्‍याएबापत सन्धिखर्कको चुत्राबेशीमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी सस्थाले नगदसहित सम्मान गरेको हो ।

सहकारीले उत्कृष्ट अंक ल्याउने विद्यार्थी, जेष्ठ नागरिक ,असल कारोबारी सदस्यहरुलाई समेत सम्मान गरेको छ ।

भुसाललाई पत्रकारिताका माध्यमबाट निर्भीक भएर सहकारी सम्बन्धि कलम चलाएका कारण यो सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै