एएफसी यु १७ एसिया कप खेलमा नेपाल आयोजक कतारसँग – Sagarmathapana:: Online News Portal

एएफसी यु १७ एसिया कप खेलमा नेपाल आयोजक कतारसँग

   २०८१ कार्तिक १० गते  

काठमाडौं – कतारको दोहामा शुक्रवार भएको एएफसी यु १७ एसिया कप खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको छ।

नेपाली युवा फुटबल टोली छनोटको यसअघि बुधवार नेपालले जापानसँगको खेल ९-२ ले गुमाएको थियो।आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ।

कतारका कप्तान जायद फैसलले नेपालविरुद्ध ह्याट्रिक गरेका थिए। २१ औं मिनेटमा याजन मोहमेदको गोलबाट कतारले अग्रता लिएको थियो। लगातार दोस्रो खेलमा गोल गर्ने क्रममा फैसलले ४५ औं मिनेटमा गोल गरेका थिए। उनले ५६ औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

टोलीका लागि अर्को गोल ओमार मार्कजुकीले गोल गरेका थिए। समूह एफको अर्को खेलमा जापानले मंगोलियालाई ७-० ले पराजित गर्यो। जापान र कतारको समान ६ अंक भएको छ। अंकविहिन नेपाल र मंगोलियाले सोमवार एकअर्काको सामना गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै