रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न – Sagarmathapana:: Online News Portal

रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न

   २०८१ कार्तिक ९ गते  

काठमाडौँ।  सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछाने गत शुक्रवार काठमाडौँबाट पक्राउ परेका थिए । त्यसै रात उनलाई गाडीबाट पोखरा पुर्‍याइएको थियो ।

पहिलो पटक उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै