नेपाल श्रीलंकामाथि ६–० को जित निकाल्दै सेमिफाइनमा प्रवेश – Sagarmathapana:: Online News Portal

नेपाल श्रीलंकामाथि ६–० को जित निकाल्दै सेमिफाइनमा प्रवेश

   २०८१ कार्तिक ८ गते  

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको खेलमा श्रीलंकामाथि फराकिलो जित निकाल्दै  सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिवार साँझ भएको खेलमा साविक उपविजेता समेत रहेको नेपालले श्रीलंकामाथि ६–० को एकपक्षिय जित निकाल्दै सेमिफाइनमा प्रवेश गरेको हो ।

खेल सुरु भएको आठौं मिनेटमा साम्बाको पासमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गर्दा साबित्रा भण्डारी (साम्बा), सविता राणामगर र रश्मी कुमारी घिसिङले एक–एक गोल गरिन् ।

१२ औं मिनेटमा बिमला बिकको पासमा साम्बाले लामो दुरीबाट गोल गर्दै नेपाललाई २–० ले अघि बढाइन् ।

लगत्तै त्यसको एक मिनेटपछि नै अमिषाको क्रसमा रेखाले गोल थप्दा नेपाल ३–० ले अघि बढ्यो ।

यता, ३६ औं मिनेटमा साम्बाको असिस्टमा रेखाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा नेपाल ४–० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुतिरै ४७ औं मिनेटमा सविताको पासमा अमिषाले गोल थप्दा नेपाल ५–० ले अघि बढ्यो ।

समान ३ खेलमा समान ७ अंक नै जोडेको भुटान भने गोलअन्तरका आधारमा समूह उपविजेता बन्यो ।

यो समूहबाट श्रीलंकाले ३ खेलबाट २ मा हार र १ मा जित निकाल्दै ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

खेलको इन्जुरी समयको चौथौं मिनेटमा अनिता बस्नेतको कर्नर प्रहारमा रश्मीले हेडमार्फत् गोल थप्दै नेपाललाई ६–० ले जिताए ।

फराकिलो जितसंगै नेपालले समूह ‘बी’ मा ती खेलबाट दुईमा जित र एकमा बराबरीको नतिजा निकाल्दै ७ अंक जोडेर समूह विजेता बनेको छ ।

अब नेपालले सेमिफाइनलमा महिला साफको सर्वाधिक सफल टोली भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ‘बी’ बाट श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै