मानव बेचबिखन साथै यौन व्यवसायमा संलग्न एक महिला पक्राउ – Sagarmathapana:: Online News Portal

मानव बेचबिखन साथै यौन व्यवसायमा संलग्न एक महिला पक्राउ

   २०८१ कार्तिक ७ गते  

काठमाडौं – मानव बेचबिखन साथै यौन व्यवसायमा लगाएको आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छन्।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे हुन्।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्रा गौतम मिश्रले बताए। ति चार बालिकाको उद्धार भइसकेको प्रहरीले बताएको छ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ। पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै