पूर्व डिआईजी छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डिआईजी छविलाल जोशीलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी बयानका लागि बुटवल लगिएको छ ।
सुप्रिम सहकारी संस्थाबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको अनुसन्धानबाट देखिएको छ । जोशी गत असोज ६ गते काठमाण्डौंबाट पक्राउ परेका थिए ।













