सातदोबाटोमा महानगर यातायातको बसमा आगलागी
काठमाडौँ : शनिवार अपराह्न ५ बजेको समयमा ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ। बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।
ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको जानकारी दिएका छन्।
ललितपुर महानगरपालिकाबाट आएको दुईवटा दमकलको सहयोगमा आगो निभाइएको छ। बस जलेर पूर्णरुपमा नष्ट भएको छ।












