लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३३ देशद्वारा निन्दा – Sagarmathapana:: Online News Portal

लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३३ देशद्वारा निन्दा

   २०८१ आश्विन ३० गते  

काठमाडौं । इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३३ देशहरुले निन्दा गरेका छन् । परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ ३४ देशले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ती जारी गर्ने देशमा नेपालसहित आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड, इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्डस, पोल्याण्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्ड र  तान्जानिया रहेका छन् ।

द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै