नेपाली चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक – Sagarmathapana:: Online News Portal

नेपाली चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक

   २०८१ आश्विन २९ गते  

काठमाडौं – बोक्सी कुप्रथा बिरुद्धको कथामा निर्माण गरिएको नेपाली चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक भएको छ ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो ।यो चलचित्र आगामी मसिर ७ गते रिलिज हुने छ ।

एक मिनेट ११ सेकेण्डको टिजरमा एक अधवैशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य समेटिएको छ । महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ । टिजरमा त्रसित बालिकालाई पनि उत्तिकै स्थान दिइएको छ ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनले बताए । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै