महिला साफ च्याम्पियनसिपको तयारी -यस पटक उपाधिका लागि सक्षम छौं-कप्तान एन्जिला तुम्बाप्पो सुब्बा – Sagarmathapana:: Online News Portal

महिला साफ च्याम्पियनसिपको तयारी -यस पटक उपाधिका लागि सक्षम छौं-कप्तान एन्जिला तुम्बाप्पो सुब्बा

   २०८१ आश्विन २९ गते  

काठमाडौं । महिला साफ च्याम्पियनसिपको तयारीमा रहेकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले नेपालको महिला टिम धेरै फरक बनेको बताएकी छिन् ।

पहिलाको जस्तो टिम छैन । वाफ च्याम्पियनसिपको प्रर्दशनले धेरै फरक बनाएको छ ।’ नेपालले आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने महिला साफ च्याम्पियनसिप खेल्दैछ । लगातार तेस्रो पटक प्रतियोगिताको आयोजना गर्न लागेको नेपालले महिला साफको सपना भने पुरा गर्न सकेको छैन ।

वाफ च्याम्पियनसिपबाट राम्रो प्रभाव परेको छ । सबै खेलाडीको मनोबल उच्च बनाएको छ । सबैबाट प्राप्त सपोर्टले खेलाडीलाई उत्साही बताएको छ ।’ एन्जिलाले भनिन् ।

सुरुवातमा भारतको लगारो छिचोल्न नसकेको नेपालका लागि पछिल्लो समय बंगलादेश नयाँ चुनौती बनेर देखिएको छ । दुई वर्षअघि काठमाडौंमा भएको साफ फुटबलमा महिला टिम बंगलादेशसँग पराजित बनेको थियो ।

गत फेब्रुअरीमा नेपालले साउदी अरबमा वाफ वुमन्स च्याम्पियनसिप खेलेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको नेपालले फाइनल जोर्डनलाई सुम्पिएको थियो । फाइनलमा सावित्रा भण्डारीको अनुपस्थिती र प्रिति राईको चोटले नतिजा ल्याउन भने सकेन । तर प्रतियोगिता अवधिभर नेपालको प्रर्दशन र खेलाडीको क्षमताले सबै खेल प्रशंसकलाई तानेको थियो ।

‘भर्खरै महिला लिग सकिएको छ । सबै खेलाडी लिगमा ब्यस्त पनि भए । त्यसपछि दुई हप्ताको प्रशिक्षण भैरहेको छ । तयारी निकै राम्रो छ ।’ उनले थपिन्, ‘लक्ष्य उपाधि जित्नेनै हो । घरेलु मैदानमा समर्थकको सपोर्ट पनि हुन्छ । यसले खेलाडीको मनोबल बढाउँछ । हामीले राम्रो गर्छौ भन्ने लागेको छ ।’

‘यस पटक उपाधिका लागि सक्षम छौं जस्तो लाग्छ । टिम वर्क पहिला भन्दा राम्रो छ । टिमप्रति विश्वास छ । सकारात्मक नतिजा आउछ भन्नेछ ।’ नेपालको बलियो पक्षबारे एन्जिलाले भनिन्, ‘फरवार्ड र मिडफिल्डर निकै राम्रो छ । डिफेन्डसमा काम गरिरहेका छौं ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै