जुवातास खेल्ने २१ जना पक्राउ – Sagarmathapana:: Online News Portal

जुवातास खेल्ने २१ जना पक्राउ

   २०८१ आश्विन २९ गते  

काठमाडौ : बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४ सय ३० रूपैयाँ, ११ बुक तास र ९ थान मोबाइल सहित पक्राउ गरेको हो।

त्यस्तै कावासोती नगरपालिका-२ हिमाल चोक बस्ने ४० वर्षीय उज्वल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा उज्वल समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।

त्यस्तै घोराही उपमहानगरपालिका-१३ डुम्मार गाउँ बस्ने १९ वर्षीय भुपेन्द्र वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुपेन्द्र समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार रूपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै