रौनक विक्रम कँडेलको फिल्म ‘फेरि रेशम फिलिलि’ को छायांकन प्रारम्भ – Sagarmathapana:: Online News Portal

रौनक विक्रम कँडेलको फिल्म ‘फेरि रेशम फिलिलि’ को छायांकन प्रारम्भ

   २०८१ आश्विन २८ गते  

काठमाडौं- निर्माता रौनक विक्रम कँडेलको फिल्म ‘फेरि रेशम फिलिलि’ को छायांकन प्रारम्भ भएको छ । निर्माण पक्षले बडादशैंको द्वादशी‌ अर्थात सोमवार शुभ मुहूर्त गर्दै  छायांकन प्रारम्भ गरिएको‌ जानकारी दिएको छ ।

शुक्रबार अफिसियल घोषणा गरिएको फिल्मको शुभमुहूर्त गर्दै छायांकन पनि प्रारम्भ गरिएको निर्माता  कँडेलले जानकारी दिएका‌ छ्न् ।

फिल्मको लेखन तथा निर्देशन निरोज महर्जनले गरेका छन् । फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहने छ ।

सुजन प्रजापतिको छायांकन रहने फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । पटकथा निरोज महर्जन र आकाश बरालको छ । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।
रौनक विक्रम कँडेल निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सह-निर्माता एनी थापा हुन् । सिनेमा आर्टसको प्रस्तुति रहने यो‌ फिल्म दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागे हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै