१४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका आरोहीहरूलाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं : हिमाल आरोहण गरि कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङमा र ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो ।
८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पा लगाएत ९ जना आरोहीहरू नेपाली महिलातर्फ पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा,लाई नेपाल पर्वतारोहण संघ लगाएत आफन्त र समर्थकहरूले सम्मानका साथ स्वागत गरिएको थियो ।












