दशैं मनाउन गाउँघर गएका सर्वसाधारण काठमाडौं फर्किन थाले
काठमाडौं : हिजो बडादशैँको मुख्य दिन मान्यजनका हातबाट टीका ग्रहण गरेसँगै दशैं मनाउन गाउँघर गएका सर्वसाधारण काठमाडौं फर्किन थालेका छन्। मूल दशैँ सकिए पनी टीका भने कोजाग्रत पूर्णिमासम्म नै लगाउने गरिन्छ।
तर, विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जानेहरू आज आइतबारबाटै कर्मथलो फर्कन थालेका हुन्। मानिसहरू फर्कन थालेसँगै कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर राजधानी फर्कनेको चहलपहल सुरु भएको छ।













