बेलायतमा ३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक – Sagarmathapana:: Online News Portal

बेलायतमा ३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

   २०८१ आश्विन २७ गते  

काठमाडौं : यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले ३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक प्राप्त गरेको छ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका अनुसार अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो।

सेनाका अनुसार नेपालले नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै