ग्रान्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट – Sagarmathapana:: Online News Portal

ग्रान्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट

   २०८३ भाद्र ५ गते  

काठमाडौं।हरितालिका तीजको अवसरमा धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले महिलाका लागि विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ । ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नारासहित अस्पतालले स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।

अस्पतालका अनुसार महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले ल्याइएको प्याकेजमा दुई प्रकारका स्वास्थ्य परीक्षण सुविधा समावेश छन् ।

पहिलो प्याकेजमा ९ हजार ४ सय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण ५ हजार ४ सय रुपैयाँमा उपलब्ध हुनेछ । यसमा स्त्री रोग विशेषज्ञको परामर्शसहित सुगर, युरिया, क्रिटिनाइन, कलेजो, थाइराइड, पिसाब तथा रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण र पेट तथा तल्लो पेटको भिडियो एक्सरे समावेश छन् ।

त्यस्तै, १३ हजार ५ सय ८० रुपैयाँ बराबरको दोस्रो प्याकेज ७ हजार ८ सय रुपैयाँमा उपलब्ध हुनेछ । यसमा पहिलो प्याकेजका सबै परीक्षणका अतिरिक्त एचपीभी परीक्षणसमेत समावेश गरिएको छ ।

प्याकेज लिने सेवाग्राहीले अन्य अतिरिक्त ल्याब परीक्षणमा समेत १० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ । यो विशेष अफर २०८३ भदौ ३१ गतेसम्म लागू हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै