सामाजिक–मनोवैज्ञानिक नाटक ‘शत्रु’ साउन २८ सम्म स्टुडियो थिएटर चाबहिलमा मञ्चन हुँदै
काठमाडौं।रंगसूत्र नेपालको प्रस्तुति रहेको सामाजिक–मनोवैज्ञानिक नाटक ‘शत्रु’ काठमाडौंको चाबहिलस्थित स्टुडियो थिएटर (फिल्म सङ्गालन) मा नियमित रूपमा मञ्चन भइरहेको छ। नाटक साउन २८ गतेसम्म प्रदर्शन हुनेछ।
![]()

साउन १८ गतेदेखि कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि दैनिक विशेष शोको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यसमार्फत विद्यार्थीलाई बीपी कोइरालाको साहित्य, मनोविज्ञान र सामाजिक यथार्थसँग रंगमञ्चमार्फत परिचित गराउने उद्देश्य रहेको बताइएको छ।


![]()
नाटककार सचिन न्यौपानेले बीपी कोइरालाको कथालाई रंगमञ्चका लागि रूपान्तरण गरेका हुन्। नाट्य रूपान्तरण श्रीकृष्ण शाहीले गरेका छन् भने निर्देशन रामभजन कामत र पुष्पराज अवस्थीले गरेका छन्।
नाटकमा प्रल्हाद खरेल, बिपुल थापा, रेश्मा भट्टराई, उत्सब बुढाथोकी, राजु राज पुरी, सञ्जय चौधरी, महेश खड्का, अभिभ घिमिरे, जय प्रकाश विक र नेहा महरा लगायतका कलाकारको अभिनय रहेको छ।
![]()

यसैगरी, नाटकका मुख्य व्यवस्थापक सबिन न्यौपाने, मञ्च व्यवस्थापक चन्द्रशेखर राय तथा मुख्य सहायक निर्देशक प्रकाश दाहाल रहेका छन्।
आयोजकका अनुसार ‘शत्रु’ ले मानिसभित्रको द्वन्द्व, मनोवैज्ञानिक संघर्ष र सामाजिक यथार्थलाई प्रभावशाली ढंगले रंगमञ्चमा उतारेको छ। नाटकबारे थप जानकारी तथा टिकट बुकिङका लागि ९८४८५३०१४९ र ९८४४३८११२१ नम्बरमा सम्पर्क गर्न सकिनेछ।














