नेपाल–अमेरिका सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल
काठमाडौं।नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अमेरिकी दूतावासका चार्जे डी’अफेयर्स स्कट अर्बमबीच नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ।
भेटमा करिब आठ दशक लामो नेपाल–अमेरिका साझेदारीलाई थप विस्तार गर्दै आर्थिक तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयमा कुराकानी भएको जनाइएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले सगरमाथाको सफल आरोहण गरेका अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करलाई बधाई दिएका थिए। छलफलमा पर्यटन प्रवर्द्धनका लागि सरकारी अधिकारी, खेलाडी तथा उद्यमीबीच सहकार्य बढाउन सकिने विषयमा समेत जोड दिइएको थियो।
यस्ता पहलले नेपालको आर्थिक विकासमा सहयोग पुग्नुका साथै अमेरिकी कम्पनी तथा लगानीकर्ताका लागि नेपालमा नयाँ अवसर सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।












