पथरी शनिश्चरे बाट करिब १९६ ग्राम ब्राउन सुगरसहित दुई पक्राउ
मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मङ्गलबारेस्थित एक घरबाट प्रहरीले करिब १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ३३ वर्षीय मोतिराज लिम्बुको घरमा खानतलासी गरेको थियो।
प्रहरीका अनुसार खानतलासीका क्रममा १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि घरधनी मोतिराज लिम्बु र रंगेली नगरपालिका–६ निवासी ३३ वर्षीय मिथुन शाहलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रणका लागि सूचनाको आधारमा निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।












