अध्यागमन कर्मचारीलाई कार्यालय समयमा ढाका टोपी अनिवार्य लगाउन गृहमन्त्री गुरुङको निर्देशन – Sagarmathapana:: Online News Portal

अध्यागमन कर्मचारीलाई कार्यालय समयमा ढाका टोपी अनिवार्य लगाउन गृहमन्त्री गुरुङको निर्देशन

   २०८३ असार २१ गते  

काठमाडौं।गृहमन्त्री सुधन गुरुङ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।

स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता, राष्ट्रिय पहिचान तथा सांस्कृतिक पहिचान झल्किने गरी सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न यस्तो निर्देशन दिएका हुन्।

उनले अध्यागमन सेवामा विदेशी नागरिकले नेपाल प्रवेश गर्ने पहिलो बिन्दुमै नेपालीपनको झल्को देखिनुपर्ने उल्लेख गर्दै कर्मचारीको पोसाक र प्रस्तुतिमा राष्ट्रिय पहिचान झल्किनुपर्नेमा जोड दिए।

गृहमन्त्रीको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायले आवश्यक तयारी अघि बढाउने अपेक्षा गरिएको छ। यस निर्णय कार्यान्वयनमा आएपछि अध्यागमन कार्यालयका कर्मचारी कार्यालय समयमा ढाका टोपीसहित सेवामा उपस्थित हुने व्यवस्था लागू हुन सक्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै