मेनु
Flash News

नेपाल–बङ्गलादेश सहकार्यमा अन्तर्राष्ट्रिय क्याटवाक कार्यक्रम सम्पन्न

काठमाडौं।आइडिया एक्सचेन्ज बङ्गलादेश र बिलक्षण क्रिएसन नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय क्याटवाक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

छोटो समयको तयारीका बाबजुद कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रस्तुत गरिएका आकर्षक तथा मौलिक डिजाइनका पोशाकहरूले दर्शकको विशेष ध्यान आकर्षित गरेका थिए।


कार्यक्रमको ड्रेस डिजाइन तयार पार्न योगदान पुर्‍याउनु भएकी मितु अधिकारी तथा परिबुटिक टिमलाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, नेपालबाट बङ्गलादेशसम्म पोशाक व्यवस्थापन तथा समन्वय गरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिएको छ।

आयोजकका अनुसार नेपाल र बङ्गलादेशबीच कला, फेसन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस अवसर उपलब्ध गराएकोमा आइडिया एक्सचेन्ज बङ्गलादेश र बिलक्षण क्रिएसन नेपालप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरेका बङ्गलादेशका आयोजक खन्देकर सुमोन तथा नेपालका आयोजक डब्बु क्षेत्रीप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, फेसनकर्मी, कलाकार तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूको सक्रिय सहभागिता, सहयोग र उत्साहका कारण कार्यक्रम भव्य र सफल बनेको आयोजकको भनाइ छ।

आयोजकले यस्ता अन्तर्राष्ट्रिय सहकार्यका कार्यक्रमले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक तथा सिर्जनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।