ललितपुरमा १७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप सुरु,विभिन्न देशका खेलाडी सहभागी
ललितपुर।ललितपुरको जावलाखेलमा १७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६ सुरु भएको छ। नेपाल शोतोकान कराते एसोसिएसन (एनएसकेए) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता जुन २ देखि ४ तारिखसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका कराते खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लमिछाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।



कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचानलाई अझ सुदृढ बनाउनु हो। कराते खेलमार्फत अनुशासन, आत्मविश्वास तथा स्वस्थ खेल संस्कृतिको विकासमा समेत प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूह र तौल वर्गका प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गर्नेछन्।













