पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने एमालेको निर्णय – Sagarmathapana:: Online News Portal

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने एमालेको निर्णय

   २०८३ जेष्ठ ५ गते  

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय Communist Party of Nepal (Unified Marxist–Leninist)ले गरेको छ।

सोमबार अध्यक्ष K. P. Sharma Oliको निवासमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव Lekharaj Bhattaले सचिवालय बैठकको प्रमुख निर्णयमध्ये भण्डारीलाई पुनः पार्टी सदस्यता प्रदान गर्ने विषय रहेको जानकारी दिए।

उनले भने, सचिवालय बैठकको महत्वपूर्ण निर्णयमध्ये पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।”

पूर्वराष्ट्रपति भण्डारी लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्। राष्ट्रपति पदमा निर्वाचित भएपछि उनी संवैधानिक व्यवस्थाअनुसार सक्रिय दलगत राजनीतिबाट अलग भएकी थिइन्। एमालेको पछिल्लो निर्णयलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै