हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारी अवसरसहित करियर फेयर हुने – Sagarmathapana:: Online News Portal

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारी अवसरसहित करियर फेयर हुने

   २०८३ जेष्ठ १ गते  

हङकङ,रिपोर्टर मनिता लिम्बू
हङकङ।हङकङ अन्तर्राष्ट्रिय विमानस्थल (HKIA) र हङकङको श्रम विभागको संयुक्त आयोजनामा HKIA Expo & Career Fair 2026 हुने भएको छ। उक्त कार्यक्रम मार्फत विभिन्न रोजगार अवसरहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

यो करियर फेयर आगामी मे २३ र २४, २०२६ मा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ (आगमन हल) मा आयोजना गरिनेछ। प्रवेश भने सबैका लागि निःशुल्क रहनेछ।


कार्यक्रममा विमानस्थलसँग सम्बन्धित विभिन्न शीर्ष रोजगारदाताहरू सहभागी हुनेछन्। सहभागीहरूले नयाँ करियर अवसरहरूबारे जानकारी लिनुका साथै प्रत्यक्ष रूपमा रोजगारदातासँग भेटघाट गर्ने अवसर पाउनेछन्।

आयोजकका अनुसार, यो एक्स्पोले हङकङको व्यस्ततम अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारी खोजिरहेका युवाहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

यसैबीच, नेपाल क्लब हङकङकी अध्यक्ष तथा हङकङ नेपाली महासंघकी तत्कालीन अध्यक्ष एवं सेन्टर इन्चार्ज रिता गुरुङले नेपाली समुदायलाई यस अवसरको उपयोग गर्न आग्रह गरेकी छन्।

हङकङस्थित नेपाली समुदायका प्रतिनिधिहरूले पनि यस करियर फेयरलाई रोजगारी खोज्नेहरूका लागि उपयोगी अवसरका रूपमा लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै