आदिवासी जनजाति महासङ्घ र महिला महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

आदिवासी जनजाति महासङ्घ र महिला महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई कार्यक्रम सम्पन्न

   २०८३ बैशाख ७ गते  

काठमाडौँ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) र राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ।

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिनका अध्यक्ष निमा लामा र निफका अध्यक्ष शोभा सुनुवारलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले आदिवासी जनजातिको अधिकार, समावेशी विकास र संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा वक्ताहरूले सहकार्य, एकता र नीतिगत हस्तक्षेपमार्फत आदिवासी जनजाति समुदायको सशक्तीकरणमा जोड दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै