पेट्रोलियम मूल्यवृद्धिविरुद्ध बबरमहलमा जेनजी युवाको प्रदर्शन – Sagarmathapana:: Online News Portal

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध बबरमहलमा जेनजी युवाको प्रदर्शन

   २०८३ बैशाख ७ गते  

काठमाडौं।राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै नेपाल आयल निगम नजिक प्रदर्शन गरेको छ।

सोमबार बबरमहलस्थित निगम कार्यालय अगाडि धर्ना दिन पुगेका अभियानका युवाहरूलाई प्रहरीले हटाएपछि उनीहरूले बाहिरै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले “मूल्यवृद्धि फिर्ता गर”, “प्रहरी दमन मुर्दावाद” जस्ता नाराबाजी गरेका थिए।

अभियानका सहसंयोजक अजय सोडारीले आफूहरू समन्वय गरेरै ज्ञापनपत्र बुझाउन पुगेको दाबी गर्दै प्रहरीले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए। उनका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष परेको छ, त्यसैले सरकार गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सोडारीले छिमेकी देशहरूमा मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाए। उनले मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्।

यस विषयमा प्रहरीको भनाइ अनुसार भने आवश्यक समन्वय बिना नै धर्ना दिन खोजिएकाले भीड व्यवस्थापनका लागि उनीहरूलाई हटाइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै