इन्धन संकटका कारण अब शनिबार र आइतबार सार्वजनिक बिदा – Sagarmathapana:: Online News Portal

इन्धन संकटका कारण अब शनिबार र आइतबार सार्वजनिक बिदा

   २०८२ चैत्र २२ गते  

काठमाडौं । पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार यो निर्णय भोलिदेखि लागू हुनेछ। यससँगै सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा कायम गरिनेछ।

नयाँ व्यवस्थाअनुसार कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरिएको छ। पेट्रोलियम पदार्थको खपत घटाउने र आपूर्ति व्यवस्थापन सहज बनाउने उद्देश्यले यस्तो कदम चालिएको सरकारको भनाइ छ।

यस निर्णयले इन्धन संकट कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ भने सेवा प्रवाहमा पनि प्रभावकारी व्यवस्थापन हुने विश्वास लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै