काठमाडौंमा “अपरेसन सेफ्टी” कडाइ: गृहमन्त्रीको निर्देशनपछि १८ जना गुण्डा नियन्त्रणमा – Sagarmathapana:: Online News Portal

काठमाडौंमा “अपरेसन सेफ्टी” कडाइ: गृहमन्त्रीको निर्देशनपछि १८ जना गुण्डा नियन्त्रणमा

   २०८२ चैत्र २१ गते  

काठमाडौं:राजधानीको शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको “अपरेसन सेफ्टी काठमाडौं” अन्तर्गत प्रहरीले १८ जना गुण्डागर्दीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले गएराति विभिन्न क्षेत्रमा विशेष अपरेसन सञ्चालन गरी “मै हुँ” शैलीमा धम्की दिने र गुण्डागर्दी गतिविधिमा सक्रिय व्यक्तिहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार राजधानीका संवेदनशील क्षेत्रलाई लक्षित गरी निगरानी बढाएर कारबाही गरिएको हो। उनले शान्ति–सुरक्षा भंग गर्ने गतिविधि नियन्त्रणमा लिन यस्तो अपरेसनलाई निरन्तरता दिइने जानकारी दिए।

केही दिनअघि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी निकायको निरीक्षण गर्दै सुरक्षामा कडाइ गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि राजधानीमा प्रहरी सक्रियता उल्लेख्य रूपमा बढेको देखिएको छ।

प्रहरीले यस्ता अभियानमार्फत काठमाडौंमा गुण्डागर्दी नियन्त्रण गर्दै सुरक्षित वातावरण कायम गर्ने लक्ष्य लिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै