शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र
काठमाडौं-शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले शुक्रबार काठमाडौंबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो।
अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा यसअघि नै अनुसन्धान भइरहेको थियो। सोही अनुसन्धानका क्रममा विभागले पक्राउ गरी उपस्थित गराउन CIB लाई पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार अग्रवालसँग सम्बन्धित आर्थिक कारोबार, लगानीको स्रोत तथा सम्पत्तिको विवरणबारे थप छानबिन भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा केही शंकास्पद आर्थिक गतिविधि देखिएपछि मुद्दालाई अगाडि बढाइएको बताइएको छ।
अग्रवाललाई आवश्यक अनुसन्धानका लागि विभागसमक्ष उपस्थित गराइने तयारी गरिएको छ। यस प्रकरणले व्यापारिक क्षेत्रमै चर्चा पाएको छ भने थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।












