प्रलोपा अध्यक्ष परिषद् सदस्य पदबाट सुदन किरातीको राजीनामा, स्वीकृति अझै बाँकी – Sagarmathapana:: Online News Portal

प्रलोपा अध्यक्ष परिषद् सदस्य पदबाट सुदन किरातीको राजीनामा, स्वीकृति अझै बाँकी

   २०८२ चैत्र १९ गते  

काठमाडौं :प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद् सदस्य सुदन किराती ले पदबाट राजीनामा दिएका छन्।

बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले औपचारिक रूपमा राजीनामा पत्र बुझाएको पार्टी स्रोतले जनाएको छ। पूर्व मन्त्रीसमेत रहेका किरातीले दिएको राजीनामा हालसम्म स्वीकृत भने भइनसकेको बताइएको छ।


राजीनामाको कारणबारे औपचारिक जानकारी सार्वजनिक नभए पनि पार्टीभित्रको आन्तरिक समिकरण र पछिल्ला राजनीतिक घटनाक्रमसँग यो निर्णय जोडेर हेरिएको छ।

यस विषयमा पार्टी नेतृत्वले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै