गृहमन्त्री गुरुङद्वारा ‘ओपन हियरिङ’ सुरु-नागरिकका गुनासा प्रत्यक्ष सुन्ने पहल – Sagarmathapana:: Online News Portal

गृहमन्त्री गुरुङद्वारा ‘ओपन हियरिङ’ सुरु-नागरिकका गुनासा प्रत्यक्ष सुन्ने पहल

   २०८२ चैत्र १९ गते  

काठमाडौं।गृह मन्त्रालय मा गृहमन्त्री सुधन गुरुङ ले सर्वसाधारणका समस्या प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘ओपन हियरिङ’ प्रणाली सुरु गरेका छन्। यस पहलमार्फत देशका विभिन्न स्थानबाट राजधानी पुगेका नागरिकले अब सिधै गृहमन्त्रीसमक्ष आफ्ना गुनासा राख्न पाउने व्यवस्था गरिएको छ।

लामो समयदेखि सम्बन्धित निकायमा धाउँदा पनि समाधान नपाएका नागरिकहरूले यस कार्यक्रमबाट राहत महसुस गरेको बताएका छन्। मन्त्रालयमा उपस्थित सेवाग्राहीहरूले अझै पनि न्याय प्राप्त गर्न कठिनाइ रहेको गुनासो गर्दै शक्ति, पहुँच र सिफारिस बिना न्याय पाउन नसक्ने अवस्था कायम रहेकोतर्फ ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा सहभागी एक नागरिकले भने,

“धेरै गृहमन्त्री आए, गए। तर सर्वसाधारणको पीडा सुन्न यति नजिक आएर बोलाउने व्यक्ति दुर्लभ थियो। आज हामीले आफ्ना वास्तविक समस्या राख्न पायौँ।

गृहमन्त्री गुरुङले नागरिकका गुनासा गम्भीरतापूर्वक अध्ययन गरी छिटो समाधानका लागि आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रशासनिक कमजोरी पहिचान गरी सुधार गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउन मन्त्रालय सक्रिय रहने बताए।

गृहमन्त्रीको यो पहललाई धेरैले ‘नागरिकमुखी प्रशासन’तर्फको सकारात्मक कदमका रूपमा मूल्यांकन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै