ओलीको पक्षमा उभिँदा अमिशामाथि साइबर आक्रमण: एमालेका युवा नेता सुरज घतानको कडा प्रतिक्रिया – Sagarmathapana:: Online News Portal

ओलीको पक्षमा उभिँदा अमिशामाथि साइबर आक्रमण: एमालेका युवा नेता सुरज घतानको कडा प्रतिक्रिया

   २०८२ चैत्र १८ गते  

काठमाडौं।नेकपा एमालेका युवा नेता,“सुरज घतानले सामाजिक सञ्जालमा देखिएको बढ्दो अराजकता र साइबर बुलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।विशेषगरी एमाले अध्यक्ष“केपी शर्मा ओली”,“former Prime Minister of Nepalको समर्थनमा उत्रिएकी अमिशा पराजुलीमाथि भएका अश्लील र अमानवीय टिप्पणीहरूलाई उनले “समाजको दोहोरो चरित्रको जिउँदो उदाहरण” बताएका छन्।

घतानका अनुसार पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा अमिशा पराजुलीमाथि लक्षित गरी गरिएको गालीगलौज, चरित्र हत्या र हिंसात्मक धम्कीहरू अत्यन्तै निन्दनीय र आपत्तिजनक छन्।“मैले देखेका केही टिप्पणीहरू यति अमानवीय छन् कि ती कुनै पनि सभ्य समाजले स्वीकार गर्न सक्दैन,” उनले भने।




उनले स्पष्ट पारे कि नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो राजनीतिक विचार राख्ने र मनपर्ने दलको समर्थन गर्ने पूर्ण स्वतन्त्रता दिएको छ।“अमिशाले यही अधिकार प्रयोग गरेकी हुन्।तर यसको जवाफ तर्क र बहसबाट दिनुको सट्टा यौन हिंसाको धम्की दिनु हाम्रो समाजको विकृत मानसिकताको संकेत हो,” घतानले जोड दिए।

घतानले प्रश्न उठाए “के लोकतान्त्रिक देशमा महिलाले आफ्नो विचार राख्नु नै अपराध हो? के असहमतिको जवाफ बलात्कार र हत्या जस्ता धम्कीले दिने समाजतर्फ हामी जाँदैछौं?

उनका अनुसार विचार फरक हुनु स्वाभाविक भए पनि व्यक्तिगत आक्रमण,गालीगलौज र हिंसात्मक भाषा प्रयोग गर्नु पूर्ण रूपमा अस्वीकार्य हो। “आज अमिशामाथि भएको यस्तो साइबर हमला भोलि हाम्रो आफ्नै घरका छोरी-चेलीमाथि पनि हुन सक्छ,उनले चेतावनी दिए।


सामाजिक सञ्जालमा सक्रिय ‘किबोर्ड फाइटर’हरूलाई लक्षित गर्दै उनले भने,तथ्य र तर्क नभएपछि व्यक्तिमाथि खनिनु कायरता हो, अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हो।

घतानले सरकारसँग यस्ता ‘डिजिटल अपराधी’हरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।साथै,सबै सचेत नागरिकलाई जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न र यस्ता अमानवीय प्रवृत्तिविरुद्ध आवाज उठाउन आग्रह गरेका छन्।

“विचार फरक हुन सक्छ, तर सम्मान साझा हुनुपर्छ,” उनले निष्कर्षमा भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै