काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ११ भदौदेखि नाडा अटो शो सञ्चालन गर्ने भएको छ ।
१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने भएका छन् ।
अटो शोमा अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन हुने र यसले अर्थतन्त्रलाई वृद्धि गर्ने मञ्चको रूपमा तयार हुने विश्वास आयोजकको छ । यस वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने उनको दाबी छ ।
७५ हजारले अवलोकन गर्ने अनुमान
१६ भदौसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ७५ हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
शोमा सहभागी हुने एक जना भाग्यशाली अवलोकनकर्ताले हिरो जुम स्कुटर जित्ने अवसर रहेको आयोजकले जनाएको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुई दशकदेखि नेपालमा अटो शोको आयोजना गर्दै आइरहेको छ ।












