मध्यपूर्वको हवाई क्षेत्र प्रतिबन्धको असर : त्रिभुवनबाट हुने केही अन्तर्राष्ट्रिय उडान रद्द,ढिलाइ हुने सम्भावना
काठमाडौं।मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने भएका छन्। यसको प्रभाव नेपालबाट हुने उडानहरूमा पनि परेको छ।
Tribhuvan International Airport ले दिएको जानकारी अनुसार शुक्रबार केही वायुसेवाका अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएको छ भने केही उडान ढिलाइ तथा पुनः तालिका (Rescheduling) हुने सम्भावना रहेको छ।
मध्यपूर्वतर्फको हवाई मार्ग प्रभावित भएकाले ती क्षेत्र हुँदै सञ्चालन हुने उडानहरूमा प्रत्यक्ष असर परेको विमानस्थलले जनाएको छ। यात्रुहरूलाई आफ्नो उडानबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
विमानस्थलका अनुसार परिस्थिति सामान्य भएपछि उडान तालिका क्रमशः नियमित बनाइने बताइएको छ।












