निर्वाचनका बीच अर्थमन्त्री खनालको सन्देश : छुद्र राजनीति अन्त्य भई शालीनताको नयाँ अध्याय सुरु होस् – Sagarmathapana:: Online News Portal

निर्वाचनका बीच अर्थमन्त्री खनालको सन्देश : छुद्र राजनीति अन्त्य भई शालीनताको नयाँ अध्याय सुरु होस्

   २०८२ फाल्गुन २१ गते  

काठमाडौं।प्रतिनिधिसभा सदस्य निर्वाचन भइरहेका बेला अर्थमन्त्री रामेश्वर खनालले उत्तेजना, छुद्र वचन र प्रतिशोधको राजनीतिले अब अन्त्य पाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै आजदेखि शालीनता, संवाद र सहकार्यमा आधारित नयाँ राजनीतिक संस्कृतिको सुरुवात हुनुपर्ने उल्लेख गरेका हुन्।

खनालले भनेका छन्, “उत्तेजना, छुद्र वचन र प्रतिशोधको राजनीतिले आजदेखि अवसान पाओस्; शालीनता, संवाद र सहकार्यको नयाँ अध्याय सुरु होस्।”

निर्वाचनका क्रममा राजनीतिक दल तथा नेताहरूलाई संयमित र जिम्मेवार व्यवहार गर्न उनले आग्रहसमेत गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै