दोलखाको तामाकोशी–४ गोल्मेश्वर माविमा झडपपछि मतदान स्थगित – Sagarmathapana:: Online News Portal

दोलखाको तामाकोशी–४ गोल्मेश्वर माविमा झडपपछि मतदान स्थगित

   २०८२ फाल्गुन २१ गते  

काठमाडौँ।दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित गरिएको छ।

मतदानका क्रममा केही व्यक्तिले मत खोस्ने प्रयास गरेको भन्दै विवाद चर्किएको थियो। सोही क्रममा झडप र कुटपिटको अवस्था सिर्जना भएपछि स्थिति तनावग्रस्त बनेको स्थानीय स्रोतले जनाएको छ।

Screenshot

घटनाका बेला एक जना परिवेक्षक मतदान केन्द्रभित्र प्रवेश गरी अवस्था मूल्याङ्कन गर्न खोज्दा उनको परिचयपत्र नक्कली भएको आशंका गर्दै भित्र जान नदिएको बताइएको छ।

यसैबीच मतदान केन्द्रमा रहेका कर्मचारीमाथि हातपात गर्न खोजिएको भन्दै सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन एक–दुई राउन्ड हवाई फायरसमेत गरेका छन्।

झडपपछि सुरक्षाको अवस्था मध्यनजर गर्दै उक्त केन्द्रमा मतदान तत्कालका लागि स्थगित गरिएको निर्वाचन सम्बन्धित अधिकारीहरूले बताएका छन्।

Screenshot
कविता खड्का,सगरमाथापाना,दोलखा

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै