एमाले महाधिवेशन प्रतिनिधिमा काठमाडौं महानगर उपमेयर डंगोल मनोनित – Sagarmathapana:: Online News Portal

एमाले महाधिवेशन प्रतिनिधिमा काठमाडौं महानगर उपमेयर डंगोल मनोनित

   २०८२ मंसिर २७ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छन् ।

शुक्रबार बसेको एमाले सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १ सय ८ जना मनोनित प्रतिनिधिको नाम टुंगो लगाउँदा डंगोल पनि सूचीमा समावेश भएकी हुन् । मनोनित प्रतिनिधि कुल प्रतिनिधिको ५ प्रतिशत रहने व्यवस्था अनुसार डंगोल चयन भएकी हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनित प्रतिनिधि हुन् । उनी एमाले केन्द्रीय सदस्यका लागि समेत दाबेदार रहेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै