एमालेको ११औँ महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग हुने – Sagarmathapana:: Online News Portal

एमालेको ११औँ महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

   २०८२ मंसिर २७ गते  

काठमाडौं।नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । निर्वाचनलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्युतीय प्रणाली अपनाइएको हो ।

भोटिङ मेसिन इन्जिनियर लक्ष्मण रिमालले निर्माण गरेका हुन् । निर्वाचनका क्रममा प्राविधिक समस्या आएमा प्रयोग गर्न थप १० वटा मेसिन ब्याकअपका रूपमा राखिने पार्टीले जनाएको छ ।

नेकपा (एमाले) को ११औँ महाधिवेशन आज (शनिबार) बाट सुरु हुँदैछ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले यसलाई पार्टीको महत्त्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै