नेविसंघद्वारा NPL मा ‘कुनै प्रकारको पास वा टिकट नलिने’ घोषणा,सुशासन र पारदर्शितातर्फ बलियो कदम – Sagarmathapana:: Online News Portal

नेविसंघद्वारा NPL मा ‘कुनै प्रकारको पास वा टिकट नलिने’ घोषणा,सुशासन र पारदर्शितातर्फ बलियो कदम

   २०८२ मंसिर १ गते  

काठमाडौं।त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा सुरु हुने NPL क्रिकेट प्रतियोगितालाई सफल र व्यवस्थित बनाउन नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिले महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

नेविसंघका अध्यक्ष विष्णु बडैलाले विज्ञप्तिमार्फत विद्यार्थी–हित, पारदर्शिता र नैतिक जिम्मेवारीलाई प्राथमिकता दिँदै यस वर्ष क्यान (CAN) बाट कुनै पनि पास वा टिकट निशुल्क नलिने स्पष्ट घोषणा गरेका छन्।

विद्यार्थी संगठनका नाममा विभिन्न कार्यक्रम र प्रतियोगितामा पास/टिकट प्राप्त गर्ने प्रचलनलाई अन्त्यतर्फ लैजाँदै,संस्थागत सुशासनलाई बलियो बनाउने उद्देश्यका साथ गरिएको यो निर्णयलाई विश्वविद्यालय भित्र सकरात्मक कदमका रूपमा हेरिएको छ।

नेविसंघले NPL लाई स्वच्छ, मर्यादित र अनुशासित वातावरणमा सञ्चालन गर्न पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य संगठन र निकायहरूलाई पनि “संगठनका नाममा पास वा विशेष सुविधा नलिन” आह्वान गरेको छ।

साथै विद्यार्थी संगठनका नाममा उपलब्ध हुने टिकट वा सुविधा खर्च कटौती गरी त्यसलाई विद्यार्थी हितमा उपयोग गर्न वा NPL व्यवस्थापनका लागि क्यानलाई उपलब्ध गराउन विशेष आग्रह गरिएको छ।

अध्यक्ष बडैलाले नेविसंघले पारदर्शिता, उत्तरदायित्व र विद्यार्थी–केन्द्रित गतिविधिलाई व्यवहारमा उतार्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै